मैले यो ब्लग बनाएको पनि भयो होला लगभग २ वर्ष जति | रहरै रहरमा बनाए त्यसबेला | शुरुमा त स्वास्थ्य सम्बन्धि लेखहरु लेखौंला भन्ने थियो, तर पछि पछि अल्छि लाग्दै गयो वा के भनौ? लेखिएन.... अझै पछि त जिन्दगीले यसरि मोड लियो कि बाध्य भए बाहेक किताब कापी छोइएन भन्नु पर्यो | यसलाई भन्छन् "परिस्थितिजन्य विवसता" ...हिन्दीमा उपयुक्त होला शायद "वक्तका तकाजा"..
तर अहिले समय अर्कै छ... किताब कापी येसरी मेरा नजिक आइपुगेका छन् कि मानौ अब कहिल्लै यिनले मलाई छाड्ने छैनन् | आखिर बाउ बाजेदेखी नै खाइ पाई आएको कुरो हो पठन पाठन मेरा लागि | मेरा बा सत्तरी बर्षको ढोकैमा हुनुन्छ र पनि दिन रात पढेकै मात्र देख्छौं हामि | त्यस्ता पढन्दासका छोराले नपढेर भो अब?
अहिले येतिखेर मेरो मुख्य पेशा नै पढ्ने लेख्ने हो... पि. एच. डी. जो गर्दै छु | त्यसैले पनि मलाई बानि पार्नु छ | पढ्न तिर मन लगाउनु छ | र यो नेपालीमा ब्लग लेखन त्यसैको एउटा शुरुवाती चरण हो भन्नु पर्छ | केटाकेटी छदा म निकै साहित्य रचना गर्थें | पछि विद्यार्थी काल सम्म पनि त्यसले अलि अलि निरन्तरता त पायो तर एउटा हुर्कदो वृक्षको मुन्टो नै निमोठीएजस्तो मेरो सिर्जनशीलताले कावा खायो | उमेर बढ्दै गए पछि विभिन्न टेन्सनहरू थपिदै जादा रैछन | पैसा, जागिर, परिवार आदिमा रुमल्लिने हो भने कसैको पनि सिर्जन्शिलताले मौलाउन पाउन्न भन्ने मलाई लाग्छ | तर कतिपय मान्छेहरु एस्ता हुन्छन् जो व्यस्तताका बाबजुद पनि लेखपढ गर्छन, गर्न रुचाउछन | तिमध्यको एउटा पात्र हो निर्मल ज्ञवाली | हामि एउटै थरि, एकै गोत्री र एउटै ठाउँका भएकाले गर्दा म उसलाई भाइ भन्छु | त्यसमाथि उसले र मैले जिन्दगीका ५ वर्ष एउटै क्यम्पसमा पढयौं |
निर्मल भाइको उल्लेख यहाँ गर्न यस कारण जरुरि छ कि, म ठान्दछु मेरो साहित्य लेखनमा मलाई उर्जा दिने एक उ नै हो | होइन उसले मलाई "लेख्नुस दाइ" भनेर हौस्याएको होइन न मैले नै उसलाई "के गरौँ" भनेर सोधेको छु | सोध्न जरुरि पनि छैन | म त उसको ब्लग लेखन बाट प्रभावित भएर यता तिर मोडिएको छु | बितेको एक वर्ष अस्ट्रेलिया बस्दा उसले धेरै ब्लग लेख्यो जसलाई म लगायत धेरैले पढे, मन पराए | खुशी लाग्थ्यो उसको भावनाहरु पढ्न पाउँदा र कता कता नजाँनिदो डाह पनि | खुशी यस अर्थमा कि उसका लेखमा कैलेकाही म आफ्ना भावहरु मुखरित भएको पाउँथे र उ निकै राम्रो लेख्दै थियो र डाह यस अर्थमा कि म उसका लेख पढ्दा आफ्नो सिर्जनशीलतालाइ सम्झिन्थे र वर्तमानलाइ धिक्कार्नु शिवाय मेरो केहि उपाय थिएन | यस्तो लाग्थ्यो मैले आफै माथि अन्याय गरिरहेको छु | तर म सधै आशावादी थिए कि एक दिन अवस्य आउनेछ जब म आफ्नो कलमलाइ फेरी जीवन दिनेछु | र त्यो "आज" आज हो |
अमेरिकाको उत्तरी राज्य आयोवाको एउटा सानो शहर फेयरफिल्डमा बसिरहँदा यो सन्जोग जुटेको छ आज | आशा एवं विश्वास छ म यो ब्लग मार्फत आफ्नो भावनालाई पठनीय स्वरुप दिन सक्षम हुनेछु | कता कता अप्ठेरो पनि महशुस भैरहेछ युनिकोडमा लेखन अलि अलि अशुद्दी त हुने नै छ | तर नियमित तवरले लेखिरहे त्यो समस्या पनि नरहला | जे होस् कलमको यो नया जीवनलाइ पहिलो बधाई दिन्छु म, र मै दिन्छु पहिलो शुभकामना | अब तपाइको पालो .......
दिनेश

दाई शिर्षक मा त अभि सुबेदीलाई पछि पर्नु भएछ.
ReplyDeleteभाइ शिर्षक को पनि आफ्नै कथा छ.. पछि कुनै दिन लेखौंला....... तर जे होस तिमि पनि मेरो प्रेरणाको पात्र हौ है | दाइले बिर्स्यो नभन्नु नि फेरी...
Deleteल बधाई छ दाइ! राम्रो कामको शुरुवात!
ReplyDeleteअब मलाई पढ्नलाई केहि खुराक थपिने भए!
यो प्रेरणाको पात्र भन्ने कुरा पनि गजब हुने रहेछ । कहिले कमिलाको ताँती देखेर प्रेरणा मिल्छ भने कहिले गेटमा बसेर एकोहोरो भुकिरहने बफादार कुकुर देखेर । सकारात्मक सोच राख्ने हो भने आगाडी भएका हावा, पानी, माटो सबै बाट प्रेरणा र एक प्रकारको उत्साह मिल्दो रैछ!
Delete५ बर्षको पढाइमा म सधै तपाइँको साहित्य लेखन र वाचन शैली बाट प्रभावित भएँ । अहिले आएर तपाइले मलाई एउटा प्रेरणाको पात्रको रुपमा ठड्याइदिंदा म आकाश मै तरिराको छु । कतै फुत्त खसेर फ्यात्त भइने हो कि भन्ने डर लागिराको छ :)
दाइं शुभकामना छ, लेखन सुरू गर्नुभएकोमा ..। जीवनमा केही यस्ता कुराहरू हुन्छन्, जसलाइं व्यक्त गर्दा प्रकट गर्दा अझ राम्रो देखिन्छन्, केही व्यक्त गर्न नसकिने पनि हुन्छन् । मैले पनि लेख्न सुरू गरेको छु, निर्मलबाट नै प्रेरणा लिएर । कुनै जमाना धेरै लेखियो पनि, पत्रकार भएर, विकासे कार्यकर्ता भएर । अब अाफ्नो मनको कुरा लेख्छु, नितान्त व्यक्तिगत कुरा, मनमा लागेका कुरा, भोगेका कुरा, अनुभव गरेका कुरा जसले फेरि जीवनमा नयाँ उर्जा दिअोस्, मनका भावनाहरू पोख्न पाइयोस् जसले मनभित्र उकुसमुकुस भएका कुराहरू बाहिर अाउन् हल्का महसुस गर्न सकून् । त्यसैले दाइं लेखनलाइं निरन्तरता दिनुस् तपाइका अात्मानुभूतिहरूबाट केही कुरा सिक्न जान्न पाइयोस्, टाढा बसेर पनि सामीप्यता अनुभव गर्न पाइयोस् ।
ReplyDelete